आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बलिउड अभिनेत्री परिणिती चोपडाले गरिन् बिहे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, ८ गते


Advertisement

एजेन्सी, असोज ८- बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका संसद् राघव चड्ढाका साथ विवाह गरेकी छन् ।

इन्गेजमेन्टको लगभग ४ महिनापछि विवाह बन्धनमा बा“धिएका उनीहरूको विवाह राजस्थानको उदयपुरस्थित होटल लीला र ताजलेकमा भव्यताका साथ सम्पन्न भएको हो । भारतीय सञ्चार माध्यमहरूका अनुसार वैवाहिक समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीलाल लगायतका राजनीतिज्ञका साथमा बलिउड हस्तीहरूको सहभागिता रहेको थियो । विवाहको अघिल्लो दिन उनीहरूले संगीत समारोह गरेका थिए ।

जहा“ गायकहरू नवराज हंसलगायतले गीत–संगीत प्रस्तुत गरेका थिए भने परिणितीले राघवका लागि गीतसमेत गाएकी थिइन् । स्थानीय प्रहरीले उनीहरूको विवाहको सुरक्षाका लागि ११ जना सिपाही तैनाथ गरेको थियो । बेलायतमा अध्ययनको क्रममा एक–अर्कालाई चिनेका परिणिती र राघव शुुरुमा राम्रो साथी थिए ।

सन् २०२२ मा पञ्जावी फिल्म चम्किलामा काम गरिरहेकी परिणितीलाई भेट्न राघव सेटमै पुगेपछि उनीहरूको प्रेम सम्बन्धबारे हल्ला चलेको थियो ।


प्रतिकृया दिनुहोस्