काठमाडौं, असोज ५- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ प्रतितोला ४ रुपैयाँले घटेको हो ।
बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ रहेकोमा शुक्रबार घटेर १ लाख १२ हजार १ सय रुपैयाँ र १ लाख ११ हजार ९ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई आज १ लाख ११ हजार ५ सय ५० रुपैयाँ पुगेको छ ।
यता, चाँदी भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँ पुगेको छ । यसअघि भने प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा चाँदीको कारोबार हुँदै आएको थियो ।