आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

फिल्म ‘एक भगवत् गीता’को गीत सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० भदौ, ७ गते


Advertisement

काठमाडौं, भदौ ७-झरना थापाको निर्देशनमा बनेको फिल्म ‘एक भगवत् गीता’को गीत सार्वजनिक गरिएको छ ।

बिहीबार सार्वजनिक ‘मायालाई चिनो’ बोलको गीतमा फिल्मका मुख्य २ पात्र अभिनेता धीरज मगर र अभिनेत्री सुहाना थापाको लभ केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ ।

शंकर अधिकारी ‘घायल’को शब्द रहेको गीतमा बाबुल गिरीको संगीत र स्वर छ । गुरुङ र मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई गीतको भिडियोमा बुनिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको डिओपी रहेको गीत कास्की जिल्लाको रमणीय स्थानमा खिचिएको हो । भदौ २९ गतेबाट प्रदर्शनमा आउने ‘एक भगवत् गीता’मा धीरज र सुहानाका अलवा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रेअर राई लगायतको पनि अभिनय छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनील कुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण भएको हो ।

 


प्रतिकृया दिनुहोस्