Hamro Sanchar

विद्या आर्जन अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा नव मन्जुश्री टिम च्याम्पियन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, २८ गते


Advertisement

काठमाडौं, साउन २८- प्रथम विद्या आर्जन अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा कपनको नव मन्जुश्री स्कुल च्याम्पियन बनेको छ ।

प्रतियोगितामा आयोजक विद्या आर्जन अंग्रेजी अंग्रेजी माध्यमिक विद्यालय दोस्रो भएको छ भने आलापोटको वायोका एकेडेमीले तेस्रो स्थान हात पारेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ स्थित बाबाचोकमा अवस्थित विद्या आर्जन अंग्रेजी अंग्रेजी माध्यमिक विद्यालयको आयोजनामा पहिलो पटक प्रथम विद्या आर्जन अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता भएको थियो । शुक्रबार र शनिबार भएको प्रतियोगितामा कागेश्वरी मनोहरा नगरपालिका र बाहिरका गरि १२ वटा विद्यालयबीच प्रतिस्पर्धा भएको थियो ।

शनिबार सम्पन्न प्रतियोगितामा प्रथम, द्धितीय र तृतिय हुनेहरुलाई ट्रफि, मेडलसहित पुरस्कार प्रदान गरिएको थियो । यस्तै बेष्ट रेर्फि, फाईटर अवार्ड, बेष्ट रनर अफ र बेष्ट खेलाडीलाई ट्रफि, मेडल प्रदान गरिएको थियो ।

विजयी खेलाडीलाई विद्या आर्जनका प्राध्यानाध्यापक घनेन्द्र भट्टराई, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गणेश दाहाल, सेन्ट लरेन्स कलेजका प्राध्यानाध्यापक केशव दंगाल, अन्तर्राष्ट्रिय रेफ्री एवम् तारकेश्वर तेक्वान्दो कार्यसमिति अध्यक्ष राजकुमार ठकुरी, नागार्जुन तेक्वान्दोका अध्यक्ष राजेन्द्र डङ्गोललगायत दोजाङका प्रशिक्षक, निर्णायक, खेलसँग सम्बन्धित व्यक्तिहरुले पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा विद्या आर्जन तेक्वान्दो डोजाङले नवगठित काठमाडौं जिल्ला तेक्वान्दो संघका पदाधिकारीलाई सफल कार्यकालको शुभकामनासहित मायाको चिनो प्रदान गरेको थियो ।

तस्बिर- बल बहादुर केसी


प्रतिकृया दिनुहोस्