आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालभाषामा राजेन्द्र डंगोलका ४ गीत सार्वजनिक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० साउन, १४ गते


Advertisement

काठमाडौं, साउन १४ नेपालभाषाको गायन क्षेत्रमा लामो समयदेखि सक्रिय गायक राजेन्द्र डंगोलको स्वरमा रहेका चार गीत सार्वजनिक भएका छन् । शनिबार एक कार्यक्रममा नेपालभाषाका गीत वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरिएको ‘ह्याउँसिन्हः’ गीती संग्रह नातिकाजी महर्जनले लेखेका हुन् । ‘चकना ए चकना’, ‘म्हुतुसी लिप्स्टिक बुलाः’ , ‘बांला आपालं तिनातःगु’ मा जुगल डंगोलको संगीत तथा संगीत संयोजन छ भने ‘अय्लाः छ धात्थें’मा गायक डंगोलको संगीत र शिव शाहीको संगीत संयोजन रहेको छ ।

‘म्हुतुसी लिप्स्टिक बुलाः’मा गायिका निशा देसारले गायक डंगोललाई साथ दिएकी छिन्। कार्यक्रममा ‘चकना ए चकना’ गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । सो म्युजिक भिडियोमा हालै मात्र मिस स्टार युनिभर्सकी विजेता सृष्टी महर्जन, डिन्कर महर्जन र गायक डंगोलको अभिनय रहेको छ ।

गीतमा नेपाः डान्स एकेडेमीका कलाकारहरूको नृत्य रहेको छ। म्युजिक भिडियोमा छायांकन गायक डंगोलको रहेको छ भने उनलाई अजय महर्जनले सहयोग गरेका छन् । म्युजिक भिडियोमा इन्द्र महर्जनको सम्पादन र गीता श्रेष्ठ (महर्जन) को श्रृंगार रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले आजको समयमा गीतमा रचना र संगीत मात्र भरेर नपुग्ने त्यसको म्युजिक भिडियोसमेत निर्माण गर्नुपर्ने भएका कारण एउटा राम्रो गीत बन्नको लागि धेरै मानिसको मिहिनेत पर्ने बताए ।

कार्यक्रमका अतिथि ज्यापु महागुथि नेपाःका अध्यक्ष एवम् लोककवि राजभाइ जकःमिले विमोचित गीत तथा म्युजिक भिडियोको प्रसंशा गरे। सोही कार्यक्रममा बहुप्रतिभाशाली गायक डंगोलको पुस्तक ‘झुमिं यंगु समाज’ पनि सार्वजनिक गरिएको थियो ।

 


प्रतिकृया दिनुहोस्