एजेन्सी, साउन ११-फिफा महिला विश्वकप फुटबल २०२३ मा पोर्चुगलले भियतनामलाई हराएको छ ।
आज बिहीवार न्युजिल्यान्डको एफएमजी स्टेडियममा भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हरायो । पोर्चुगलका लागि तेल्मा इन्कारनाको र फ्रान्सिस्का नजरेथले गोल गरिन् । आजको जितसँगै पोर्चुगल २ खेलमा ३ अङ्कका साथ समूह ई को तेस्रो स्थानमा छ । दुवै खेल हारेको भियतनाम प्रतियोगिताबाटै बाहिरिएको छ ।
आजै न्युजिल्यान्डको वेलिङ्गटनमा भएको समूह ई को खेलमा अमेरिका र नेदरल्यान्ड्सले १र१ गोलको बराबरी खेलेका छन् । आजै पौने ४ बजे समूह बी का अस्ट्रेलिया र नाइजेरिया खेल्दैछन् ।
आउँदो अगस्ट २० तारिखसम्म हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । फाइनल खेल सिड्नीमा रहेको स्टेडियम अस्ट्रेलियामा हुनेछ ।