Hamro Sanchar

एसीसी प्रिमियर कप फाइनल : नेपाल र यूएई बीचको बाँकी खेल सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १९ गते


Advertisement

काठमाडौं, १९ बैशाख । निरन्तर वर्षाका कारण सोमबार रोकिएको नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल मंगलबार सुरु भएको छ । हिजो रोकिएकै चरणबाट बाँकी खेल आज हुने भएको हो ।

फाइनल खेलका लागि यसअघि नै एक दिन थप ‘रिजर्भ डे’ राखिएको थियो । हिजो यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १ सय ६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।

टस हारेर ब्याटिङ गरेको यूएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने आर्यन लाक्राले १३ तथा मुहमद वसिमले ११ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा सन्दीप लामिछाने र करन केसीले २–२ विकेट लिएका छन् । गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।

आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ । नेपाल अहिलेसम्म सो प्रतियोगितामा छनोट भएको छैन । घरेलु मैदानको फाइदा उठाउँदै नेपाल पहिलोपटक सो प्रतियोगिता खेल्न चाहन्छ ।


प्रतिकृया दिनुहोस्