Hamro Sanchar

एसीसी प्रिमियर कप सेमिफाइनल : नेपालले कुवेतविरुद्ध बनायो २८१ रन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० बैशाख, १६ गते


Advertisement

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले कुवेतविरुद्ध २८१ रन बनाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालको स्कोर ३२।२ ओभरमा १४१र३ भएको बेला पानी परेपछि झण्डै दुई घण्टा खेल रोकिएको थियो ।

सुरुमा ४५ ओभरमा छोट्याइएको खेल फेरि पानी परेपछि ४२ मा झर्‍यो । त्यसपछि सुरु भएको खेलमा नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनायो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ९४ रन बनाए । कुवेतले पाउने लक्ष्य डीएल मेथडबाट तय हुनेछ ।


प्रतिकृया दिनुहोस्