
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको टिप्पणी गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारका १४ वटा मन्त्रालयले महानगरपालिकालाई सहयोग नगरेको भन्दै आइतबारबाट सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन्। सोही निर्णयमाथि टिप्पणी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन्।
बिहीबार ट्विट गर्दै नेता कोइरालाले भनेका छन्, ुकामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ।ु
उनले केन्द्र सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्की परिभाषा प्रयोग गर्नु पनि सिंहदरवारले स्थानीय तहलाई हेर्ने दृष्टिकोणको प्रतिविम्व भएको बताएका छन्। उनले दुवै सच्चिनुपर्ने सुझाव दिएका छन्।
कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो,जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरवारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।
— Dr Shekhar Koirala (@Shekharnc) April 13, 2023

















