Hamro Sanchar

४ वटा दलका नेताको संयुक्त बैठक ओली निवास बालकोटमा सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ पुष, १० गते


Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा बिभिन्न ४ वटा दलबीच छलफल सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।

राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् ।


प्रतिकृया दिनुहोस्