Hamro Sanchar

प्रचण्डले गरे अखिल क्रान्तिकारीका दुवै समूहसँग छलफल

प्रकाशित : २०७९ साउन, १७ गते


Advertisement

काठमाडौं, साउन १७- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका दुवै समूहसँग छलफल गरेका छन् ।

मंगलबार खुमलटारमा पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट बनेका पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग उनले छलफल गरेका हुन् ।

कार्कीले अहिले समानान्तर गतिविधि गर्दै आएका छन् ।

अखिलमा देखिएको विवादबारे छलफल गर्न दुवै पक्षलाई उनले बोलाएका हुन् ।

सम्मेलनदेखि नै केही कमजोरी भएको र पछि पदाधिकारी चयनमा पनि केही कमजोरी भएको स्वीकार गर्दै कसरी सुधार गरी अघि बढ्न सकिन्छ भनेर प्रचण्डले छलफल गरेको कार्कीले बताए ।

‘यीबारे स्थायी कमिटी बैठकमा छलफल गरिने छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘तपाईंहरूले केही गर्नु भएको छैन । तर संगठनमा विवाद लामोसम्म राख्नु हुँदैन । त्यसैले यसबारेमा स्थायी कमिटीले केही न केही निर्णय गर्नुपर्छ ।’

आयोजक कमिटी बनाउन सकिने भए पनि चुनावअघि बन्न सम्भव नभएको प्रचण्डले बताए ।


प्रतिकृया दिनुहोस्