Hamro Sanchar

पानी ट्याङ्कीमा डुबेर दाजु-बहिनीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ साउन, ३ गते


Advertisement

सुर्खेत, साउन ३- पानी ट्याङ्कीमा डुबेर दैलेखमा दुई बालबालिकाको मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नम्बर-३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।

शाहले भने, ‘दिउँसो चार बजे उनीहरू मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो, हामीले मातहतका कार्यालयमा बुझ्दा दुई बालबालिकाको मृत्यु भएको हो ।’


प्रतिकृया दिनुहोस्