बुटवल, साउन २- लामो समयदेखि पानी नपरेपछि किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्याएका छन् । लामो समयदेखि खडेरी परेकोले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई यस्तो गरेका हुन् ।
त्यहाँ किसानले क्षमापूजासहित पानी पारिदिन भन्दै इन्द्रको पूजा गर्ने प्रचलन रहँदै आएको छ । सोही मान्यताअनुसार स्थानीयले यस्तो उपाय अपनाएका हुन् ।
गाउँका अगुवाले स्वच्छ मनले पूजा गर्ने र दक्षिणा दान गरेपछि पानी पर्ने धार्मिक मान्यताअनुसार गाउँपालिका अध्यक्ष चौधरीले आफूसहित पूर्व सांसद रामलखन हरिजन, गाउँपालिका उपाध्यक्ष बासमती चमार, वडा नम्बर ४ का अध्यक्ष सुरेश यादव, प्रमुख प्रसासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवालीलाई गाउँलेले बाँधेर मन्दिर पुर्याएको जानकारी दिए ।
किसानले आफूहरूलाई बाँधेर मन्दिर लगेपछि मन्दिरमा पूजा अर्चना गरेको बताए ।
जिल्लामा चर्को घाम र गर्मीका कारण भर्खरै रोपेको धानको बीउ सुक्न थालेको छ ।