Hamro Sanchar

जनउद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा ७ नेपालीको उद्दार

तिलोचन गौतम ,क्वालालम्पुर मलेसिया प्रकाशित : २०७५/७/५ गते

जनउद्वार केन्द्र पेनाङ मलेसिया को पहल मा विभिन्न कारणले जेलसजाय भोगि मलेसिया अध्यागमन ले देहायबमोजिमको सजाय पूरा गरि घरफिर्ती केन्द्र मा अलपत्र परेका ७ जना नेपाली कामदारको अक्टोबर १८ मा उद्वार गरेको छ।

पेनाङ को जुरु डिटेनसन क्याम्प (घरफिर्ती केन्द्र) बाट नेपाली राजदूतावास मलेसिया को र केही फिर्तीकेन्द्र मा रहेका पीडित हरुकै आफन्त हरुको आर्थिक सहयोग मा उनिहरु लाई स्वदेश फिर्ता गराइएको जनद्वार केन्द्र पेनाङ मलेसियाका अध्यक्ष केशु थापाले जान्कारी दिएको मलाया खबरमा समाचार छ  ।

बिजय दसमि परिवार संङै बसेर मनाउने यो बाताबरण र परिबन्ध मिलाउने जनउद्वार केन्द्र पेनाङ मलेसियाका अध्यक्ष थापा ले गर्नु भएको सहयोग ले नै आज थोरै धेरै खुसी साटासाट गरेको छु घर फिर्ता भएका ओङ्छु सेर्पा बताउँछन् ।

जनउद्वार केन्द्र पेनाङ्ग का अध्यक्ष केसु थापा का अनुसार २३ जना उद्वार को पहल मा रहेका र सकेसम्म उहाँ हरुलाइ पनि फिर्ता छिटै गराउने प्रक्रिया मा रहेको बताए ।

प्रतिकृया दिनुहोस्