Hamro Sanchar

कुवेतबासी नेपालीका लागि निशुल्क स्वास्थ्य शिविर संचालन हुँदै, नाम टिपाउँन दुताबासको अनुरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/७/४ गते

कुवेत, अक्टोबर २१- नेपाली दुताबास कुवेतको पहलमा निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

मेट्रो मेडिकल ग्रुपको सहकार्यमा  कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई लक्षित गरी आउँदो नोभेम्बर १६ तारिख (कात्तिक ३० गते)शुक्रबार निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको दुताबासले जानकारी गराएको छ ।

निशुल्क स्वास्थ्य परिक्षण गर्न इच्छुक नेपालीहरुले दुताबासमा सम्पर्क गरेर आफ्नो नाम दर्ता गराउन दुताबासले भनेको छ ।

स्वास्थ्य परिक्षणका लागि सिभिल आइडी(परिचय पत्र) अनिवार्य रहेको पनि दुताबासले जनाएको छ । सम्बन्धित व्यक्ति उपस्थित भएर वा दुताबास फोन गरेर पनि आफ्नो नाम टिपाउन सकिने छ ।

स्वास्थ्य परिक्षण गर्न केहि नखाई खाली पेट आउन पनि दुताबासले भनेको छ । स्वास्थ्य परिक्षण बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म हुनेछ ।

सम्पूर्ण जानकारी सहितको सूचना हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्