Hamro Sanchar

“बोल माया”मा अभिनय गरेकी फुलमायाको निधनले गाउँनै शोकाकुल, विदेशमा रहेका श्रीमानले भेटेनन् सास

प्रकाशित : २०७५/७/४ गते

बागलुङ, कात्तिक ४- ‘बोल माया’ गीति भिडियोमा अभियन गरेकी फुलमाया बिकको निधन भएको आज दश दिन भएको छ । पराम्पराअनुसार आज श्रद्धाञ्जलीसहित विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

बागलुङको धम्जाका पूर्ण बिककी श्रीमती फुलमायाको असोज २६ गते हृदयघातका कारण निधन भएको थियो । हाल पर्चुगलमा रहेका बिकका अनुसार असोज २१ ग्ते रातिबाट एक्कासी फुलमाया विरामी भइन् । “साँझ हामीले भिडियो कल गरेर छुटिएका थियौं । तर, राति बिरामी भइछन् । उपचारले पनि केही सीप लागेन र २६ गते निधन भयो” बिकले भने । उनले आफूले कुराकानीमा आफू घर आउन २६ दिन मात्रै बाँकी रहेको जानकारी गराएको बताए । बिक पाँच वर्षअघिदेखि वैदेशिक रोजगारीको क्रममा पर्चुगल पुगेका थिए । नोभेम्बर ३ मा टिकट भइसकेको बिकले बताए ।

बिकका भतिजा प्रकाश सपुतको ‘बोल माया’ मा फुलमायाले बिधुवा महिलालाई अझै धारो–पधेरोमा गएपछि गरिने व्यवहारको भूमिका निर्वाह गरेकी थिइन् । तीन छोराछोरीकी आमा फुलमायाको ४८ वर्षको उमेरमा निधन भएको हो ।

समाजमा भइरहेको जलन्त घटनालाई शब्द र दृश्यमा कैद गरिएको उक्त भिडियो पारिवारिक सुटिङ हो । उक्त भिडियोमा छोटो अभियनले फुलमायालाई धेरैले चिन्न पाएका थिए । तर, त्यो धेरै दिन रहेन । भिडियोको जति चर्चा भएको थियो त्यति नै पीडा फुलमायाको निधनले दुःखी बनाएको छ । धम्जा त शोकाकुल नै भएको छ ।

गाउँनै रुवाएर फुलमाया संसारबाट बिदा भइन । उता श्रीमती फुलमायाको निधन हुँदा उनका श्रीमान भने विदेशमा मजदुरी गर्दैछन । विदेश बसाईलाई राजनीतिक र समाज सेवामा लगाएका बिक नेपाली जनप्रगतिशिल मोर्चा, युरोपका केन्द्रिय सदस्य तथा मोर्चाको पोर्तुगलको अधिबेशन आयोजक समितिका सचिव हुन् । त्यस्तै नेपाल उत्पीडित जातिय समाज पोर्तुगलका सल्लाहकार समेतर रहेका बिक श्रीमतीको निधनलाई भुल्न गारो भइरहेको छ ।

देश-विदेशमा रहेका समर्थक र शुभचिन्तकले व्यक्त गरेको समवेदनाले दुःखमा मलम लगाएको अनुभूती गरेका बिकले जन्म-मृत्यु प्राकृतिक नियम भएको भन्दै आफूलाई समालेका छन् । उनी घर फर्किने तयारीमा छन् ।

लेखनमा दख्खल राख्ने बिक नेपाल पत्रकार महासंघ बागलुङको साधारण सदस्य पनि हुन् ।अनलाइन डबलीबाट

प्रतिकृया दिनुहोस्