आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मलेसियामा विशाक्त मदिरा सेवन प्रकरण: रुपन्देहीका रामकुमारको पनि ज्यान गयो

प्रकाशित : २०७५/६/३ गते
Ad

बुटवल, असोज ३– मलेशियामा विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीहरुमध्ये रुपन्देहीका रामकुमार यादव पनि परेका छन् । उनको सनाखत भएको छ ।

क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको छन् ।

रुपन्देहीका यादवका अलवा मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका विवश घले भनिने मिम बहादुर घले, मसिना–६, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad