Hamro Sanchar

मलेसियामा विषाक्त रक्सी पिउँदा चार नेपाली सहित सातको मृत्यु (भिडियोसहित)

प्रकाशित : २०७५/६/२ गते

मलेसिया, असोज २– मलेसियामा विषाक्त रक्सी खाँदा चार नेपाली सहित सात जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा एक भारतीय, एक बंगलादेशी र एक मलेसियन नागरिक रहेका छन् । १६ जना बिरामी परेका छन् । तीमध्ये १३ जना नेपाली कामदार रहेका छन् ।

बिरामी भएकाहरुको मलेसियाका विभिन्न अस्पतालमा उपचार भइरहेको स्थनीय प्रहरिलाई उद्धृत गर्दै मलेसियन अनलाइन द स्टारले जनाएको छ । मृतकको पोस्टमार्टम रिपोर्ट आइनसकेको र घटनाबारे थप अनुसन्धान भइरहको छ ।

प्रतिकृया दिनुहोस्