आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साँस्कृतिक मञ्चको तिज बिशेष कार्यक्रमको तयारी पुरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/१७ गते
Ad

कुवेत, सेप्टेम्बर २- नेपाल कुवेत साँस्कृतिक मन्चले नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर आगामी सेप्टेम्बर १४ तारिख तिज बिशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

फर्वानिया स्थित युनिक अडोटोरियम हलमा (अल हैतमहलको पछाडी) हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मन्चका उपाध्यक्ष डोलराज न्यौपानेले जानकारी दिए ।

महिलाहरुको महान चाड हरितालिका तीजको अवशरमा बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि धुमधामका साथ मनाउने तयारी भएको आयोजकले बताएको छ ।

कार्यक्रममा कुवेतमा क्रियाशील सम्पूर्ण संघसस्था, पत्रकार, कलाकार, समाजसेवी, बुद्दिजिबी, नेपाल कुवेत साँस्कृतिक मंचका संरक्षक, सल्लाहकार, शुभ चिन्तक, सहयोगी, नेपाली दाजुभाइ तथा दिदिबहिनिहरु उपस्थित भएर कार्यक्रम सफल बनाउन आ-आफ्नो तर्फबाट सहयोग गरिदिन पनि आयोजकले भनेको छ।

कार्यक्रमको बारेमा थप जानकारी

मिति;- सेप्टेम्बर १४ शुक्रवार

स्थान;- युनिक अडोटोरियम हलमा (अल हैतमहलको पछाडी), फर्वानिया

समय;- दिउसो ठिक १ बजे

प्रतिकृया दिनुहोस्
Ad
Ad