Hamro Sanchar

तमु परिवार न्युयोर्कद्वारा मिस नेपाल नर्थ अमेरिका विजेता मोनिका घलेलाई सम्मान

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/१० गते

मिस नेपाल नर्थ अमेरिका विजेता मोनिका घलेलाई तमु परिवार न्युयोर्कले एक विशेष कार्यक्रमको वीच न्युयोर्कमा सम्मान गरियो । स्थानीय थकाली किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा तमु परिवारका उपाध्याक्ष मानिता गुरुङले घलेलाई खादा लगाएर र अध्यक्ष डम्बरजंग गुरुङले सम्मान पत्रका साथ सम्मान गरिएको थियो । मिस नेपाल नर्थ अमेरिका घलेलाई कार्यक्रममा उपस्थित सवै सहाभागीहरुले पनि पालैपालो फुलमाला र खादा लगाइदिएर बधाई तथा आगामी कार्यहरुको लागी शुभकामना दिएका थिए ।

उक्त अवसरमा सस्थाको उपाध्याक्ष मनिता गुरुङले मिस नेपाल नर्थ अमेरिका उपाधी जित्न सफल मोनिकाले तमु समुदायको मात्र नभई सबै नेपाली महिलालाई गौरव बडाएकोमा खुसी व्यक्त गरेकी थिइन । ‘ मोनिकाले पाएको सफलताप्रति हामी निकै खुसी छौ’ उपाध्याक्ष गुरुङले भनिन -‘ तमु परिवारको आग्रहमा मोनिको सफलतामा साथ र सहयोग गर्ने तमु परिवारका सदस्यहरु लगायत अन्य सवै सहयोगीहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छौ’ ।

मोनिकाले पाएको सफलताप्रति उनकी आमा विनु गुरुङले पनि आफनो छोरिको सफलताको लागी सहयोग गर्ने सबै सहयोगीहरुलाई धन्यवाद दिएकी थिइन । सस्थाका महासचिव जेवि गुरुङद्धारा सञ्चालित कार्यक्रममा अध्यक्ष डम्बर जंग गुरुङले नर्थ अमेरिकाभरिको युवतीहरु मध्येमा सफलता हासिल गरेकी मोनिकाले समुदायको साथै नेपाली युवतीहरुलाई गौरव बडाएको बताएका थिए ।

‘ नेपाली समाजमा कोही युवा युवतीले केही गर्न चाहेमा मोनिकालाई जस्तै सस्थागत रुपमा सहयोग गर्ने योजना सस्थाको रहेको अध्यक्ष गुरुङले बताए । त्यस्तै मिस नेपाल नर्थ अमेरिका घलेले आफनो मेहनतसंगै तमु परिवार र अन्य सहयोगीहरुको सहयोगलेनै मिस नेपाल नर्थ अमेरिकाको उपाधी पाएको बताएकी थिइन । मिस नेपालको उपाधीसंगै मोनिकाले आगामी सेप्टेम्बरमा न्युयोर्कमा हुन लागेको फेसन सप्ताहमा भाग लिन भएकी छन ।

प्रतिकृया दिनुहोस्