Hamro Sanchar

Ad

ठग्न पाउनुपर्छ भन्दै नाराजुलुस गर्ने व्यापारीको दर्ता खारेजी गर्ने तयारी शुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/५ गते
Ad

सोमबार सरकारले कालीमाटी तरकारी बजार अनुगमनको क्रममा ठग्न पाउनुपर्छ भन्दै नाराजुलुस गर्ने व्यापारीको दर्ता खारेजी गर्ने तयारी शुरु गरेको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुगमनको क्रममा हुल हुज्जत गर्ने व्यापारी थिए । उनीहरुले अनुगमनमा गएकाहरुलाई काम गर्न अवरोध पुर्याउँदै नियन्त्रणमा राखेका थिए ।

अनुगमनको क्रममा टोलीलाई असहयोग गर्नेहरुको दर्ता खारेज गर्ने तयारी गरेको मन्त्रालयले जानकारी दिएको छ ।किसानबाट सस्तोमा तरकारी किन्ने र उपभोक्ता ठग्ने र बजार अनुगमनमा उल्टो सरकारलाई गालीगलौज गर्ने व्यापारीलाई कारबाहीका लागि तयारी भएको बताइएको छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कालीमाटी तरकारी तथा फलफूल बजारमा बील विजक नभएको भन्दै २ वटा तरकारी बोकेका गाडी नियन्त्रणमा लिएको थियो । नाराबाजी गर्दै अनुगमन टोलीलाई नियन्त्रणमा राख्ने तरकारी तथा फलफूल व्यवासायी महासंघका भरत खतिवडालाई पक्राउ गरेको थियो ।

आज मन्त्रिस्तरीय बैठक बस्ने तयारी रहेको र अनुगमनको विरोध गर्ने व्यापारीको दर्ता नै खारेज सहित कारबाही गरिने मन्त्रालयले जनाएको छ । उपभोक्ता ठग्न पाउनुपर्छ भनेर आन्दोलन गर्ने व्यापारीलाई कार्वाही गरिने बताएको छ ।

सोमबार कालिमाटीमा भएको घटनाबाट मन्त्रालय गम्भीर बनेको बताएको छ ।कालिमाटी तरकारी बजारको सिन्डिकेट तोड्न अब सरकारले कुनैपनि कसर बाँकी नराख्ने मन्त्रालयको दाबी छ ।यस्तै, सरकारी अनुगमनको विरोधमा नेपाल फलफूल तथा तरकारी व्यवसायीले मंगलबारदेखि तरकारी र फलफूल नबेच्ने घोषणा गरेका छन् । सरकारले पक्राउ परेका व्यापारी रिहा गर्नुपर्ने, जफत २ गाडी तरकारी फर्काउनुपर्ने माग गर्दै व्यापारीले विरोध जनाएका हुन् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad