Hamro Sanchar

Ad

सरकारले गठन गर्‍याे ‘सार्वजनिक खर्च’ पुनरावलोकन आयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/४ गते
Ad

सरकारले सार्वजनिक खर्च पुनरावलोकनको मार्गचित्र तयार गरी सुझाव दिन सार्वजनिक खर्च पुनरावलोकन आयोग गठन गरेको छ ।मन्त्रिपरिषद्को आइतबारको बैठकले अर्थशास्त्री डा. डिल्लीराज खनालको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगका संयोजक डा. खनाल सरकारी खर्च तथा वित्त व्यवस्थापन क्षेत्रका विज्ञ मानिन्छन् । सरकारका विभिन्न निकायमा बसी लामो अनुभव सम्हालिसकेका खनालले ‘सार्वजनिक खर्च र त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभाव’ विषयमा विद्यावारिधि (पीएचडी)समेत गरेका छन् ।

नेपालका विकास आयोजना छनोटदेखि साधारण र पुँजीगत खर्च व्यवस्थापन तथा तिनको प्रभावकारी कार्यान्वयनको मार्गचित्रसहितको सुझावका लागि गठित आयोगले सार्वजनिक खर्चको अवस्था, त्यसको उपयोगिता र त्यससँग सम्बन्धित नीतिगत व्यवस्थामा पुनरावलोकनका लागि आयोगले सरकारलाई सुझाव दिनेछ ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खनालको संयोजकत्वमा आयोग गठनको निर्णय भएको बताए । उनका अनुसार आयोगले मुलुकको सिंगो बजेटरी खर्च व्यवस्थापनका आधार एवं मापदण्ड निर्माण लगायतका विषयमा काम गर्ने अाजकाे राजधानी दैनिकमा खबर छ ।

खर्च व्यवस्थापन र त्यसको कार्यान्वयनका विषयमा धेरै विवाद आएको छ । सोही सन्दर्भमा त्यस्ता विवाद समाधान गर्ने र खर्चको प्रभावकारी व्यवस्थापनका लागि मार्गचित्र तयार गर्न आयोगको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad