Hamro Sanchar

Ad

मंगलबारदेखि देशभर तरकारी र फलफूल नबेच्ने महास‌ंघको घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/४ गते
Ad

सरकारी अनुगमन टोलीले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले उपत्यका बाहिरबाट फर्सी र काँक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको हो ।तरकारीको मूल्य अचाक्ली बढेको भन्दै विरोध हुन थालेपछि सरकारी अनुगमन टोलीले बजार अनुगमन गरेको हो । सो क्रममा टोलीले विभिन्न पसल र सवारीमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा किसानले बिक्री गर्दाको भन्दा ५ गुणासम्म बढी तरकारीको बिक्री मूल्य पाइएको टोलीले जनाएको छ ।

यसैबीच विना जानकारी अनुगमन गरेको भन्दैनेपाल फलफूल तथा तरकारी ब्यवसायी महासंघले मंगलबारदेखि अनिश्चितकालका लागि देशभर फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा सोमबार बिहान सरकारले अनुगमनको क्रममा पक्राउ गरेका ब्यापारीलाई रिहा गर्नुपर्ने माग राख्दै महासंघले मंगलबारदेखि देशभरका बजारमा फलफूलको आपूर्ति र बिक्री ठप्प पार्ने निर्णय गरेको हो ।

महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बिज्ञप्ती निकालेर किसानको तरकारीमा बील बिजक नभएको अभियोगमा महासंघका महासचिव भरतप्रसाद खतिवडालाई तत्काल रिहा गर्न माग गर्दै तरकारीको आपूर्ति र बिक्री ठप्प पार्ने घोषणा गरेका हुन् ।

‘किसानले बजारमा बिक्रीका लागि ल्याउने तरकारीको किसान स्वयमले बील जारी गर्ने अवस्था नेपालमा नभएको अवस्थामा किसानको तरकारी र बिक्री गर्ने ब्यापारीलाई नियन्त्रणमा लिन निन्दनिय काम छ’, बिज्ञप्तीमा उनले भनेका छन् ।

सोमबार बिहान कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बजारमा उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले तरकारी बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा तरकारीको बील नभएको अभियोगमा एकजना ट्रक चालक र आन्दोलनमा उत्रेका व्यापारीलाई पक्राउ गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
Ad
Ad