Hamro Sanchar

Ad

निर्मला पन्तको बलात्कार गरी हत्या गर्ने मुख्य अभियुक्त दिलिपसिंह विष्ट पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/५/४ गते
Ad

भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न मुख्य व्यक्ति पक्राउ परेका छन् । बलात्कारपछि हत्या गरिएको २५ दिनपछि मुख्य अभियुक्त स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले विष्टलाई पक्राउ गरेको हो । पक्राउ परेका विष्टलाई आजै सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी ज्ञान बहादुर सेठीले अहिले केहीबेरमा पत्रकार सम्मेलन गरिने बताए । पारम्भिक सोधपुछमा उनले आफ्नो कसुर स्वीकार गरिसकेको प्रहरी स्रोतले जनाएको छ ।

गत साउन १० गते घरबाट साथीलाई भेट्न हिँडेकी निर्मला महोलिया नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

विष्ट यसअघि पनि आफ्नै भिनाजुको हत्या अभियोगमा २०६५ मा जेल परेका थिए । जेल सजाय काटेर निस्किएका विष्ट होटलमा भाँडा माझ्ने, मजदुरी गर्नेलगायत काम गर्दै आएका थिए । पक्राउ परेका विष्टलाई म्याद थप गर्न कञ्चनपुर जिल्ला अदालतमा लगिएको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार पक्राउ परेका विष्टले बयानमा क्रममा आफूले निर्मलाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् । “१० गते बाटोमा हिँडिरहेको बेला निर्मलाको साइकलको चेन खराब भएको थियो । चेन खराब भएपछि मैले मिलाइदिएँ अनि कोही नभएको देखेपछि उखुबारीमा लगेर बलात्कार गरें । बलात्कार गर्दा योनीबाट रगत बगेपछि पक्राउ पर्ने डरले मैले हत्या गरेको हुँ,’’ अभियुक्तको बयान उद्धृत गर्दै ती प्रहरी अधिकृतले भने ।

अविवाहित विष्टलाई प्रहरीले दुई दिनअघि नै पक्राउ गरेको भए पनि सार्वजनिक नगरी अनुसन्धान गरेको थियो । “प्रारम्भिक अनुसन्धानबाट विष्टको संलग्नता पुष्टि भएको छ, बाँकी अनुसन्धानकै क्रममा छौं,’’ एक प्रहरी अधिकारीले भने । गत साउन १० गते घरबाट साथीको घरमा विज्ञान विषयको उत्तरपुस्तिका ल्याउन गएकी १३ वर्षीया निर्मला पन्त ११ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की निर्मला १८ वडामा रहेको साथी रोश्नी बमको घरमा गएकी थिइन् । साथीको घरमा गएकी निर्मला अर्को दिन उखुबारीमा मृत फेला परेकी थिइन् । उनको हत्यापछि कञ्चनपुरमा नागरिक समाज, महिला अधिकारकर्मी लगायतले हत्यारालाई पत्ता लगाउनुपर्ने माग गर्दै प्रर्दशन गर्र्दै आएका छन् । अधिकारकर्मीहरु पछिल्लो २ दिनयता रिले अनसनमा छन् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad