Hamro Sanchar

Ad

कुवेतमा एक नेपालीको सुतेकै ठाँउमा मृत्यु

प्रदिप नेपाली प्रकाशित : २०७५/५/३ गते
Ad

कुवेत, अगस्ट १९- कुवेतमा फेरि एक नेपालीको मृत्यु भएको छ । स्याङ्जा जिल्ला घर भएका दिपक परियारको आज बिहान मृत्यु भएको हो ।कुवेतको Alennma Real Estate कम्पनीमा सेक्युरिटी गार्डको काम गर्दै आएका दिपक परियार आज बिहान ओछ्यानमै मृत भेटिएका हुन ।

सधैं झैं खाना खाएर सुतेका उनी बिहान ओछ्यानमै मृत भेटिएका संगै काम गर्ने ललित पुनले हाम्रो संचार डटकमलाई जानकारी दिएका छन ।दिपकको अबुहालिफा स्थित कम्पनीकै कोठामा मृत्यु भएको हो ।

मृतक परियारले मादक पदार्थ सेवन गरि सुतेको बुझिएको छ । यद्यपि मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।मृतक दिपक छुट्टीमा नेपाल जाने तयारीमा थिए ।

उनी बिगत २ बर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए ।स्वदेश फर्कने तयारीमा रहेका दिपकको निधनले परिवार स्तब्ध बनेको छ ।स्याङ्जा घर भएका उनको परिवार पोखरामा बसोबास गर्दै आइरहेका थिए । मृतकको नेपालमा एक छोरा र श्रीमती छन ।घटनाको बारेमा नेपाली दूतावास कुवेतमा जानकारी गराइसकिएको बुझिएको छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad