Hamro Sanchar

नेतृत्वमा बस्नेहरूले सोच्नै पर्ने वास्तविकता

चिरञ्जीवी आचार्य प्रकाशित : २०७५/४/३१ गते

गणतन्त्र सँगै पलाएको जातिबाद, क्षेत्रीयबाद, पृथकताबाद, गणतन्त्रलाई सहि र सन्तुलित रूपमा ब्यबस्थापन गर्न नसकेका कारणको उपज हो। अधिकारका नाउँमा राजनैतिक दलले आफ्नो नैतिकता गुमाउँदै जादा जुन जाति, क्षेत्र र भूगोलमा गयो जनतालाई भोट बैक सम्झेर मुखौटे आश्वासन बाढ्ने जातीय र क्षेत्रीय बिषयहरु उठान गर्ने अनैतिकताले निम्त्याएको अहिलेको परिवेश नसुधारिए देशले निकट भबिस्यमा एनजीओ आइएनजियोको सहयोगमा जातीय क्षेत्रीय हिंसाहरु बढ्ने संकेत गरिसकेको छ। यद्यपि हामीसँग अझैसम्म प्रसस्त समय छ अहिले देखिएका सुरुवाती चरणहरु विकसित हुनुहुदैन बरु यसलाई निमिट्यान्न पार्न कहाँ कस्को कति पहल हुनुपर्ने हो हुनु जरुरी छ।

अधिकारका नाउँमा सिके रावत जस्ता पृथकताबादीको समर्थनमा धेरै तराईका युवाहरू देखिन्छन् त्यो जानेर या अन्जानमा तर छन। त्यस्तै देश र जनता विरुद्ध साम्प्रदायिक आक्रमण गर्ने आङकाजी जस्ता साम्प्रदायिक मानिसको पनि कम छैन यहाँ तर गणतन्त्र र धर्म निरपेक्षताको आडमा कुनै समुदाय माथिको प्रहार अन्ततः रुवाणडा बनाउने खेल हो ।

युरोपेली युनियनको तर नेपालका स्वघोषित कम्युनिजमका विद्वानहरु आफुखुसी ब्याख्या गर्ने प्रवृत्तिले यो जात र त्यो जात भन्दै विभेद देखाउदै साम्प्रदायिकताको भयावह स्थिति निम्त्याउदै छ। बाहुन गाउँमा गयो बर्गबादी हौ भन्ने मगर गाउँमा गयो मगरात, गुरुङ गाउँमा गयो तमुवान, तामाङ जातिको बाहुल्य क्षेत्रमा गए ताम्सलिङ, पुर्व गए लिम्बुवान, खम्बुवान तराई झरे एकमधेस एक प्रदेश, चितवन पश्चिमको तराईमा गए थरुहट, थारुवान भन्दै जनतालाई हिजोका दिनमा जातीय राज्यको आश्वासन बाडेर जनतालाई भोट बैकको रूपमा गलत उपयोग गरिएकोले आज भयावह बन्दै छ ।

जातीय र क्षेत्रीय अनि पृथकताबाद। मलाई याद छ २०६२/६३ सालको आन्दोलन ताका कहि कतै आवाज नउठाइएका बिषय पनि प्रवेश भएका छन्। मुख्यत इतिहासकै मजबुत सरकार छ जसमा कम्युनिष्टको हेभी बहुमत छ यदि कम्युनिष्टको यतिठुलो बहुमत पनि इतिहासमै कहि छैन भने अब जातीवाद, क्षेत्रवाद हटाएर बर्गिय समाजको निर्माण गर्न के ले रोक्छ? सामाजिक न्याय र समानताको शुसासन बनाउन के र कसले रोक्छ? यो देशमा सबैभन्दा नराम्रा भनेका तीन चिज हुन- प्रमुख संघियता, दोश्रो समानुपातिक र तेस्रो आरक्षण(जातीय आरक्षण)जो नेपाल र नेपालीका लागि अति घातक छन।

हाम्रो जस्तो अति कमबिकसीत देशमा ७ राज्य र तीनिहरुका लागि आबस्यक कर्मचारी र प्रदेश राजधानी र प्रदेश सभाका मुख्य मन्त्री हुँदै सबै सभासदको भत्ता र सेवा सुबिधा कहाँबाट धान्न सकिएला र? ३६००० हजार आइएनजियो र एनजीओहरुले देश र जनताका खातिर यदि काम गरेका भए सायद करिब ५० लाख युवा वैदेशिक रोजगारमा आउनु पर्ने थिएन। उनीहरुको काम भनेको समाजमा विभेद नामको बिज रोपेर जातीय साम्प्रदायिकता ल्याउने र युरोपेली युनियनको युरो पचाउन धर्म परिवर्तन गराउने भन्दा अर्को सफलता अरु देखिदैन।

नेपालका साम्प्रदायिक दलाललाई खोज्ने, धार्मिक दलाल खोज्ने, क्षेत्रीय दलाल खोज्ने र उनीहरुको कमान्डमा गाउँगाउँ पस्ने भ्रमको खेती गर्दै साम्प्रदायिक, क्षेत्रीय र पृथकताबादलाइ प्रसय दिएर साम, दाम, दण्ड, बेद उपयोग गर्दै नेपाल र नेपालीको धर्म संस्कृति, कालो, गोरो, नाक लामो, थेप्चो बिच भिन्नता ल्याइ नेपाल र नेपाली लडाएर नेपाली स्वाभिमान कमजोर पार्दै फुटाउ र राज गरको नीति अबलम्बन गर्दै छन।

साधारण जनतालाई बुझ्न गाह्रो भएपनी अलिक अध्यन गर्नेहरू युरोपेली र अमेरिकीहरु कसरी अरु देशमा आफू अनुकूलको राज्य सत्ता स्थापित गर्छन् र जहाँ उनीहरुको अनकुल हुन सकेन मानेनन या राष्ट्रियता बलियो छ । त्यस्ता देशलाई युद्ध मार्फत विभिन्न बहानामा ध्वस्त बनाउछन भन्ने कुरा टाढा जानै पर्दैन । अफगानिस्तान हेरौ, लिबिया हेरौ, इराक हेरौ, सकेको भए कतार, उत्तर कोरिया र इरान पनि गर्थे । तर रुस र चिन समर्थनका कारण दातेबह खादै त्यो दिन कुरेर बसेको छ तर सायद अब सम्भावना छैन। यहाँ हामी सचेत छैनौं भन्ने लागिरहेको छ।

बाहुनले गलत गर्दा मैले बचाउन खोज्छु, मगरले गलत गर्दा मगर समुदायले बचाउने, थारूले गलत गर्दा थारु समुदायले बचाउने, तामाङ जातीले गलत गर्दा तामाङ समुदायले जोगाउने प्रयत्न गर्ने, राई लिम्बुले गलत गर्दा लिम्बुवान र खम्बुवान समुदायले बचाउन खोज्ने हो भने यहाँ अपराध नै अपराध हुन्छ फेरि अपराधी कुनै जात र धर्मको हुदैन भन्ने नबुझ्दासम्म हामी आफै घनचक्करमा पर्छौ । तसर्थ जातीय हठ एक्काइसौं सताब्दीको अफिम हो अब नयाँ सिराबाट अघि बढौ। जय देश भनौ, जय जनता भनौ जात हैन बर्ग रोजौ। गरिब र असहायको लागि बैसाखी बनौ अनि मात्र देशले काचुली फेर्नेछ।

दशकौं पहिला अफ्रिकी देशहरूमा बाइबल लिएर घुसेका खैरेहरु २७ बर्ष नेल्सन मण्डेला जेल जीवन पछि स्वतन्त्रता पायो अफ्रिकी मुलुकले उनी आफै भनेका छन “जब खैरेहरु अफ्रिका छिरे तीनिहरसँग बाइबल मात्र हातमा थियो हामीसँग पूरा अफ्रीका थियो। जब खैरे अर्थात अंग्रेज अफ्रिकी मुलुकमा शासन सत्तामा छिरे तब हाम्रो हातमा बाइबल आयो उनीहरुको हातमा अफ्रिकी संसार “यिनिहरु हाम्रै छिमेकी मुलुक भारतमा पनि ब्यापार गर्न आएका थिए तर बिस्तारै भारतमै राज गरे गान्धी र सुभाष चन्द्रबोसलाइ सत्याग्रह र युद्धबाट भारत फर्काउन हम्मे हम्मे भयो अन्तत त्यहा पनि धार्मिक भिन्नता र विभेद देखाइ पाकिस्तान अलगाउने सर्तमा भारत छोडेर गयो । यस्तो आगो खतरनाक आगो अर्थात द्वन्दको बिज रोपेर गयो कि त्यो जुगजुगसम्म पनि बलिरहनेछ द्वन्दको आगो तर यति बुझिसकेका हामी नेपाली पुनः जातीय, धार्मिक, क्षेत्रीयवाद र पृथकताबाद सँग अझै किन परिचीत हुन नसकेका?

भारतबाट पाकिस्तान टुक्रिएर गएपछी खालिस्तानको नाउँमा पुनः बिद्रोह गरायो जो बेलायत र क्यानडाबाट संचालित थियो। खालिस्तानका नाउँमा अमृतसर स्थित गुरुद्वारमा पसेर भारतीय सेनाले खालिस्तान बनाउने बेलायतको सपना साकार हुन दिएन। अब हाम्रो देशमा कलहको बिजारोपन भैइसकेको छ सचेत बर्गले बेलैमा नसोचे यो भयावह हुने निश्चित छ सतर्कताका साथ हेरौ देश र जनताको आस्थामा कुठाराघात हुन नदेऔ आसा छ हामी बुझ्ने छौ बिस्तारवाद र साम्राज्यवादका कुटिल चालहरु प्ररास्त गर्दै जानेछौ।

बर्तमान सरकारले मुलुकी ऐनमा काफी बदलाब ल्याएको छ कार्यान्वयन भएमा साच्चिकै परिकल्पना गरिए अनुरुपको रामराज्य नबन्ला तर हरेक पटकपटकका कार्यान्वयन पक्ष फितला हुँदा संकास्पद जरुर छ तर कार्यान्वयन हुनेछ आशा गरौ। जय देश !

प्रतिकृया दिनुहोस्