Hamro Sanchar

Ad

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साउदीले गर्यो मन्जुको उद्दार, बन्धक बनाइएकी चेलीको यसरी भयो उद्दार !

प्रकाशित : २०७५/४/२८ गते
Ad

राज थापा

दमाम, अगष्ट १३- अन्तरास्ट्रिय रोल्पाली सेवा समाजले आफ्नो स्थापनाको छोटो समय मै सामाजिक क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको छ । यसै क्रममा केहि दिन पहिले साउदी अरबमा नरकिय जीवन बिताइ रहेकी सुनसरीकि मन्जु रिषिदेवलाई उद्दार गरि एक साहसिक कार्य गरेको छ।

कसरी भयो उद्दार?

समाजका अध्यक्ष नरेन्द्र जि सि भन्छन्- “झापाका प्रकाश संग्रौलाले हामिलाइ सुनसरीकि मन्जु रिषिदेव साउदी अरवको एक घरमा बन्दी रहेको भन्ने खबर दिनु भयो। त्यसपछी हामिले तत्कालै छलफल गरि उहाको उद्दार गर्ने निर्णय गर्यौ । मन्जु साउदीको अल खरेज ठाउँमा बस्ने बताइन। उनले शारिरीक तथा मानसिक यातना भोग्दै आएको बताइन । आफुलाई जसरि भएपनि उद्दार गर्न आग्रह गरिन र नेपाली दूतावास सम्म पुर्याई दिन हारगुहार गरिन ।

मन्जुले आफुलाई उद्दार गर्ने समय बिहान ७ देखि १० बजे वा दिउसो १ देखि २ बजे भित्र मात्र उद्दार गर्न सक्ने बताइन । त्यसैले उनलाई जुनसुकै बेलामा सम्पर्क गर्न सक्ने अबस्था पनि थिएन । सम्पर्कका लागि मन्जुले मालिक/मालिक्नी नभएको समयलाई उपयोग गर्नु पर्थ्यो ।तर साउदीको कडा नियम कानुन बीच मन्जुलाई उद्दार गर्न सहज थिएन । मन्जु एक्लै बाहिर निस्कन सक्ने अबस्था पनि थिएन । उनलाई जुनसुकै समयमा पनि सम्पर्क गर्न सक्ने अबस्था नभए पछी कठिन थियो।

अझ सबै भन्दा ठुलो समस्या साउदीमा एकल महिलासंग सवारी साधनमा परपुरुषसँग संगै यात्रा गर्न पाइदैन । यस्तो अबस्थामा एउटी महिला मन्जुलाई उद्दार गर्न झनै जटिल बिषय थियो । जुन कुरा साउदी कानुनको बर्खिलापमा थियो ।

उद्दार गर्दा संयोगबस साउदी मालिक वा प्रहरीले थाहा पाए साउदीको कानुन अनुसार कडा दण्डित हुनुपर्ने जोखिम त्यतिकै थियो एक साउदी स्थानीय ट्याक्सी ड्राइभर संग परिचय थियो । चन्द्र पुनले त्यहि स्थानीय ट्याक्सी र ड्राइभरलाई प्रयोग गरि लोकेसन देखि लिएर अरबी बस्ने एरियामा लोकल अरबी ट्याक्सी लिएर जाँदा चेक जाँच तथा निगरानी नहुने र सहज बन्ने निष्कर्ष निकाले र स्थानीय ट्याक्सीवाला महम्मद अब्दुलाई सम्पर्क गरे ।

स्थानीय ट्याक्सी ड्राइभर अब्दुसंग बिस्तृत छलफल गरि अगष्ट ९ तारिख बिहिबार बिहान करिब ५ बजे देखि उद्दारमा लागे । उद्दारको क्रममा ह्वाट्स एप्प लोकेसन मार्फत मन्जु बस्ने अल खरेज ठाउँमा त पुगे तर कुन घरमा बस्छन भन्ने पहिल्याउन निकै गाह्रो भयो । मन्जुले आफु बस्ने घरको फोटा खिचेर इमोमा पठाइन । बिभिन्न एंग्गलबाट खिचेर पठाईएका फोटाहरु नियाल्दै उक्त घरको खोजीमा लागे महासचिव पुन र उनका अरबिक साथि अब्दु ।

हरेक कसरतका बाबजुत उनि बस्ने घर बल्ल-तल्ल पत्ता लाग्यो । उनि सोहि समयमा घर बाहिर आउँन कठिन थियो । १२ बजे उनि फोहोर फ्याक्ने बहाना बनाइ बाहिर आइन, अनि मन्जु अब्दुको ट्याक्सीमा चढीन ।

दूतावास लैजाँदै गर्दा बाटोमा विभिन्न चेक पोष्टहरु पार गर्नु पर्ने थियो । घरको मालिकले मन्जु घरबाट निस्किएको र हराएको थाहा पाएमा र तत्कालै पुलिस रिपोर्ट गरेको खण्डमा स्थानीय चेकपोष्टहरुमा निगरानी हुन सक्ने अबस्थालाई मध्यनजर गरि ट्याक्सीलाई अब्दुले स्पिडमा हाँके । त्यस क्रममा ट्राफिक क्यामराले क्याच गर्दा स्पिड फाइन स्वरूप ३ सय रियाल समेत बेहोर्नु पर्यो ।

हतार हतार चन्द्र र अब्दुले रियादस्थित नेपाली दूतावास सम्म पुर्याउन सफल भए ।

ट्राफिक स्पिड फाइन र ट्याक्सी भाडा गरि ६ सय भन्दा धेरै रियाल महम्मद अब्दुलाई बुझाए र चन्द्र प्रकाशले सहयोग गर्ने साउदी स्थानीय साथि अब्दुलाई मनै देखि धन्यवाद दिए। मन्जुको मुहारमा खुसी पलायो ।

के भन्छिन मन्जु?

साउदीको कानुन सामु रिक्स मोलेर आफुलाई उद्दार गर्ने चन्द्र प्रकाश पुन र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजलाई जीवन भर नबिर्सने गुण लाएको भन्दै मन्जुले भावुकता प्रकट गरिन, र भनिन हाम्रो देशमा हामी जस्तै संकटमा परेका छोरी चेली वा अन्य नेपाली दाजुभाईलाइ उद्दार गर्ने संस्थाहरु पनि रहेछन । म धेरै खुसि छु ।

म घरबाट निक्लदा खाली हात निक्लिएको थिए । फेर्ने लत्ताकपडा पनि थिएन, चन्द्र पुन दाईले शुक्रबार फेर्नलाइ केहि कपडा र खाने कुरा पनि ल्याई दिनु भयो, उहालाई धेरै धेरै धन्यवाद, रोल्पाली समाजलाई पनि ह्रिदय देखि धन्यवाद । अहिले म दूतावासमा सुरक्षित छु । दूतावास आउदा चार जना म जस्तै पिडित दिदिहरुसँगै छु ।

प्रतिकृया दिनुहोस्
Ad
Ad