Hamro Sanchar

Ad

ओमनमा नेपाली युवाले गरे झुण्डिएर आत्महत्या

प्रकाशित : २०७५/४/२५ गते
Ad

ओमन, अगष्ट १०- ओमनमा एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन् । रोजगारीका शिलशिलामा ओमन पुगेका भैरहवाका विमल गुरुङले आत्महत्या गरेका हुन्।

विमलले बिहीबार बिहान करिब ११ बजे आफू सुत्ने कोठाको पंखाको सिलिङमा झुण्डिएर आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत तनुँह मजकोटका बाबुराम विकले जानकारी दिए ।

विमल ५ महिना अघि काठमाडौँमा रहेको कर्णाली ओभरसिज प्राली मार्फत ओमन पुएका हुन् ।

उनी ओमन ईन्टरनेशनल ग्रुप (ओआईजि) मा क्लिनरको रूपमा कार्यरत थिए।

मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

उनले आत्महत्या गर्नुको कारण भने खुलेको छैन। उनको श्रीमती, एक छोरा र बहिनी छन्।

प्रतिकृया दिनुहोस्
Ad
Ad