Hamro Sanchar

प्रबास मै उदाउदैछन नेपाली “किमजोङ”

राज थापा/ दमाम प्रकाशित : २०७५/४/१७ गते

राज थापा/ दमाम – साउदि अरबमा जेल जीवन बिताइ रहेका रोल्पा निवासी दिल बहादुर घर्तीमगर बचाउनका लागि बिना कुनै सस्था ब्यतिगत अभियान मै नेपाली १५ लाख भन्दा बढी रकम सङ्कलन गरेका हितमान बुढामगर अर्थात (नेपाली किमजोङ) देश तथा बिदेशमा निकै चर्चित छन ।

को हुन नेपाली किम्जोङ??

नाम : हितमा बुढा अर्थात नेपाली किम्जोङ

घर : रोल्पा परिबर्तन गा पा कुरेली

बिगत १२ साल देखि कार्यरत कम्पनी कोरियान कम्पनी (kcc) कोरियान हरुले पनि किम्जोङ भनेर उनको प्रसंसा गरेका गर्छन । झट्ट हेर्दा दुरुस्त उत्तर कोरियाको राष्ट्र पति किम्जोङ जस्तै देखिन रोल्पाका जनयुद्धका युद्ध कमान्डर थिए हितमान बुढा । नेपालको राजनीति परिवेशमा भबिस्य नदेखे पछि छोडेर बिदेश छिरेको धेरै लामो समय भै सकेको छ ।डेढ दशक अबधि सम्म सामान्य नागरिक रुपमा बिताइरहेका सन्जालमा पनि नदेखिएको ।

नेपाली किम्जोङ साउदी अरबमा मात्र नभएर सबैतिर यतिबेला निकै चर्चामा छन । पेरिस डाडा ,खुमलटार बालुवा टारहरुमा पनि उनको खबरले चर्चाको बिषय बनेको छ। हालकक उपराष्टपति देखि बर्तमान सरकारमा सहभागी अधिकांश मन्त्रीहरुको उनका कुनै बेलाको सहयात्री थिय। बुढा । उनी चर्चामा आउनुको खास कारण के हो? साउदी अरवमा जेल जीवन बिताइरहेका रोल्पाका दिलबहादुर घर्तीलाई बचाउन हितमान बुढाको एकल नेतृत्वको पहलमा विभिन्न टिम बाट ५७,३९५ साउदी रियल रकम संकलन भएको छ ।

साउदी अदालतले दिलबहादुरलाई गाडी दुर्घटनामा मारेकै अभियोगमा २ वर्ष जेलपछि ६५ लाख नेपाली रुपैयाँ रकम ब्लड मनि फैसला गर्दा सायद नेता र क्रियाशील संघसंस्थाहरु आनाकानी गरिरहेका थिए आफ्नो एक महिनाको तलब घोषणा गर्दै अभियानमा जुटेका बुढाले साउदी लगायत विभिन्न देशमा पहल गरी आजसम्म १६ लाख भन्दा बढी रकम जम्मा गर्न सफल भएका हुन । छोटो समयमै सबैभन्दा धेरै रकम संकलन गर्न सफल भएका बुढाले आर्थिक पार्दर्शिताको समेत इस्पस्ट गरिसकेका छन ।

उहालाइ नजिक बाट चिन्ने बाबुलाल बुढा अर्थात जनप्रगतीशिल साउदिका सचिबका अनुसार युद्धकालमा जनयुद्धका शहीद कमान्डर बिजय घलेदेखि लिएर उपराष्ट्रपति पासाङको सहयात्री वा दायाँ हात मानिने हितमान बुढाका अधिकांश सहयात्रीहरु कोहि सिंह दरबारमा छन ।भने कोहि ठुला ब्याबसायी बनिसकेका छन ।

प्रतिकृया दिनुहोस्