Hamro Sanchar

Ad

झापाका एक १५ वर्षीय किशोरको मुखमा ४२ वटा दाँत भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/२/३० गते
Ad

मानिसको मुखमा बढीमा ३२ वटा दाँत हुनुपर्ने हो । ३२ वटा दाँत पुग्नलाइ २२ देखी २५ बर्ष वा कतिलाइ चाँही ३० बर्ष नै पुग्नु पर्छ । तर झापाका एक १५ वर्षीय किशोरको मुखमा भने ४२ वटा दाँत भेटिएको छ । काँकरभिट्टाका काब्य श्रेष्ठको ४२ वटा दाँत रहेको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा पुष्टी भएको हो ।

काँकरभिट्टाकै मेची मोडल एकाडेमीमा कक्षा १० मा अध्ययरत रहेका श्रेष्ठको दाँत धेरै भएका कारण प्रष्ट बोली आउँदैन । त्यसै कारण पनी उनी त्यति धेरै बोल्न रुचाउँदैनन् ।

काब्यको ४२ वटा दाँत छ भन्दा सुरूमा आफूहरूलाई पत्यार नलागेपनि उपचारको क्रममा पुष्टि हुँदा छक्क परेको आफन्तहरु बताउँछन् । अहिले तत्काल ४२ वटा दाँत भएपनि बोलीबाहेक अन्य केही स्वास्थ्य समस्या नरहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्
Ad
Ad