Hamro Sanchar

Ad

काम नगर्ने ठेकेदारलाई पक्राउ गरे निर्माण व्यवसायीले सरकारविरुद्ध कडा आन्दोलन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/२/१३ गते
Ad

काठमाडौं, जेठ १३ – निर्माण व्यवसायीहरुले आफूहरुलाई प्रहरी कारवाही गर्ने लगायतका काम तत्काल बन्द नगरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी निर्माण व्यवसायीहरुलाई धरपक्कड गर्ने, प्रहरी कार्वाही गर्ने लगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले सरकारले निर्माण व्यवसायीहरुलाई प्रहरी कार्वाही गर्नेलगायतका काम तत्काल बन्द नगरे न्यायको खोजीमा अदालत जान बाध्य हुने चेतावनी दिए । उनले सरकारले निर्माण व्यवसायीहरुमाथि गरेको व्यवहार सैह्य र धरपक्कड जस्ता काम नगर्न चेतावनी दिए ।

महासंघले गृहमन्त्री रामबहादुर थापाले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कार्वाही गर्न प्रहरीलाई निर्देशन दिएपछि निर्माण व्यवसायीहरु सरकारप्रति आक्रोशित भएका हुन । अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायीहरुलाई सक्रिय बनाएर मुलुकलाई समृद्ध बनाउने दायित्व सरकारको भएको पनि स्मरण गराए ।

प्रतिकृया दिनुहोस्
Ad
Ad