आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

छोराका कारण बदनाम हुँदै गृहमन्त्री थापा, ठगीमा मुछिएका बस्नेतलाई पक्राउ गर्न गएको प्रहरी टोली रित्तो हात फर्कियो

प्रकाशित : २०७५/२/१३ गते
Ad

काठमाडौं, जेठ १३- गृहमन्त्री रामबहादुर थापा बादल छोरा प्रतीक थापाका कारण बदनाम हुँदै गएका छन् । गृहमन्त्री पुत्र थापाकै दबाबमा याख्खा ओभरसिजका संचालक कमल बस्नेतलाई पक्राउ गर्न गएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोली रित्तो हात फर्किएको छ ।

प्रहरी टोलीले बुधबार महाराजगञ्जस्थित याख्खा ओभरसिजका सञ्चालक भीम रोका र कमल बस्नेतलाई गएको थियो । तर प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न बाटोमा गइरहेको बेला गृहमन्त्रीका छोरा प्रतीक थापाले अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहलाई फोन गरेपछि बीच बाटोबाटै फर्किनुपरेको थियो । बस्नेत अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्नेतका छोरा हुन् ।

याख्खा ओभरसिज बस्नेत र भीम रोकाको पार्टनरसीपमा संचालन हुँदैआएको छ । दीप बस्नेतले अख्तियारमा हुँदा तर्साउँदै असुली गरेको रकमबाट छोरा कमल बस्नेतले म्यानपावरदेखि होटल र पार्टी प्यालेसमा लगानी गरेका छन् । भीम रोकालाई ठगी अभियोगमा पक्राउ गरेर अनुसन्धान शुरु गरिए पनि बस्नेतलाई गृहमन्त्रीपुत्र थापाले घुस लिएर पक्राउ गर्नबाट रोकिएपछि ठगीको अनुसन्धानमै असर पर्ने भएको छ ।

नयाँ पेजका अनुसार रोकासँगै साझेदारीमा म्यानपावर संचालन गर्दैआएका संचालन गर्दैआएका अख्तियार पूर्वप्रमुख दिप बस्नेतका छोरा कमललाई प्रहरीले फरार भनेको छ । तर उनलाई पक्राउ नगरी फरार भनेर जोगाउने काम गृहमन्त्री पुत्रले गरेका छन् । गृहमन्त्री पुत्रका कारण गृहमन्त्री थापा पछिल्लो समयमा प्रहरीका सरुवा बढुवामा पनि मुछिएका छन् । पुत्रमोहकै कारण गृहमन्त्री थापाले डीआइजी सरुवादेखि एसपी सरुवामा बदनामहरुलाई च्यापेको आरोपको सामना गर्नुपरेको छ ।

महानगरीय आयुक्त कार्यालयको निमित्त आयुक्तमा डीआइजी मनोज न्यौपाने, सीआइबीमा नारायण खड्कादेखि कास्कीको एसपीमा ओम राना र सिन्धुलीमा रामेश्वर रायको सरुवा त्यसका उदाहरण हुन् । डीएसपीबाट एसपी बढुवामा पनि गृहमन्त्री पुत्रले अनावश्यक चलखेल गरेको आरोप छ । माओवादी पंक्तिबाटै गृहमन्त्री थापालाई छोरालाई लगाम लगाउन दबाब परेको छ । माओवादीमै प्रतीक थापाको चलखेल र बदनामहरुसँगको उठबसबारे टिकाटिप्पणी हुन थालेपछि गृहमन्त्री थापा उनलाई स्वकीय सचिवबाटै हटाउने निष्कर्षमा पुगेको स्रोतले बताएको छ । प्रतीक थापाले गृहमन्त्री थापाका स्वकीय सचिवको भूमिका समेत पूरा गर्दैआएका छन् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad