Hamro Sanchar

ईदको अवसर पारेर युएईमा “एनआरएन कप २०१८” हुदै

रबी साही प्रकाशित : २०७५/२/१२ गते

“नेपालीका लागी नेपाली” भन्ने हाम्रो नारा अनुरुप युएइका युवा खेलाडीहरुलाई प्रोत्साहन गर्ने हेतुले यहि इदको पहिलो दिन १५ जुन २०१८ मा  युएइमा “एनआरएन कप २०१८” को  आयोजना गरिने भएको छ ।

बिशेस गरि एनआरएन उद्दार कोशलाई बढाउने हेतुले यो टुर्नामेन्ट गर्न लागिएको बताउदै साथै युएइ रहनु भएको सम्पूर्ण ब्यबसायीहरु, खेल प्रेमी साथीहरु र सम्पूर्ण जनमानसले सहयोग गरि यो “एनआरएन कप २०१८”सफल पार्नु हुन आयोजकले हार्दीक आह्ववान गरेका छन।

खेल सम्बन्धि जानकारी:

“एनआरएन कप २०१८”

खेल हुने मिती: १५ जून २०१८
खेल हुने स्थान: पेनाल्टी फुटबल ग्राउनड शालादीन स्ट्रीट दुबई (Penalty Football Fields – Salah Al Din Street – Dubai

पुरस्कार:

“प्रथम पुरस्कार: ५५५५ + कप + मेडल+प्रमाणपत्र”
“दित्तीय पुरस्कार: ३३३३ + कप + मेडल+प्रमाणपत्र”
“उत्कृस्ट टुर्नामेन्ट खेलाडी: कप + प्रमाणपत्र”
“उत्कृस्ट गोलकिपर : कप + प्रमाणपत्र”
“प्रत्यक खेलको उत्कृस्ट खेलाडी: प्रमाणपत्र”

दर्ता शुल्क: ११११ (१२ जुन २०१८ सम्म आयोजकलाई बुझाउनु पर्ने)

खेल सम्बन्धि नियमहरु
१. दर्ता शुल्क खेल १२ जुन २०१८ सम्म बुझाउनु पर्ने I
२. ११ जना खेलाडी र ५ जना नाम दिनु पर्ने I
३. सम्पूर्ण खेलाडीले बुटबल बुट, जर्सी लागाउनु पर्ने र जर्सी नम्बर हुनु पर्ने
५. फिफाको नियम अनुसार खेल खेलाइने I
६. रेफ्रीको निर्णय नै अन्तिम हुने बादबिबाद गर्न नपाइने I
७. सम्पूर्ण सहभागी टिमले खेल तालिका अनुसार ८: ३० साझ खेल मैदानमा उपस्थिति हुनु पर्ने I
८. जम्मा १२ टिम मात्र सहभागी हुन पाउने पहिले दर्ता टिमलाई प्राथमिकता दिइने I
९. खेल जम्मा ४५ मिनेट खेलाइने (First Half 20Min, Break 5Min & Second Half 25Min) र कुनै पनि गोल नभयमा पेनाल्टी बाट नतिजा तर्फ अगी बढने I

सम्पर्क फोन नम्बर: ०५५२२०४०९९/०५५१२०५८८७
Whatsapp Number: 0552204099

खेल संयोजक:

मदन अधिकारी
मनोज गोर्खाली
नबिन पौडेल
समिम खान
निरन्जन सिलवाल
शम्सेर योन्जन

 

प्रतिकृया दिनुहोस्