आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दैलेखको महावु गाँउपालिकाका ३२ जनाले एमाले र माओवादी परित्याग गरी काँग्रेसमा प्रवेश गरे

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१/२२ गते
Ad

दैलेख।  नेपाली काँग्रेस महावु गाँउपालिका स्तरिय कार्यक्रम बासिमा सम्पन्न भएको छ । जिल्ला कार्य समिति दैलेखका अगुवा नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी ३२ जनाले नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन् । पार्टी परित्याग गर्नेमा वासि गाविसका पूर्व सचिव एवम् जिल्ला कार्य समिति सदस्य लोक बहादुर शाही, नेकपा माओवादी (क्रान्तिकारी) बाट प्रदेश सभा सदस्यका उम्मेदवार समेत रहेका कर्ण बहादुर शाही लगायत ३२ जनाले पार्टी प्रवेश गरेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य झलक भण्डारीले जनाएका छन् ।

नेपाली काँग्रेस महासमिति सदस्य जगत जंग थापाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै थापाले निर्वाचनमा पराजित भएपनि लोकतन्त्रको रक्षाको लागि र कम्युनिष्टहरुलाई खवरदारी गर्न लागिरहेको बताए ।

कार्यक्रमका विशेष अथिति मणिराम रेग्मीले स्थानीय तहमा निर्मित सरकारले जनताको हितमा काम नगरेको आरोप लगाए । त्यस्त,ै कार्यक्रममा कर्ण बहादुर शाही, खेमराज केसि, लक्षुमण गुरुङ, झलक भण्डारी, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रमेश कुमार दशौंदी, लगायतले भनाई राखेका थिए ।

अवको अवस्थामा लोकतन्त्रको रक्षा काँग्रेस बाहेक अरु कुनै पार्टीले गर्न नसक्ने भन्दै काँग्रेसको नीति र सिद्धान्तमा अढिग रहन पार्टी प्रवेश गरेको नवप्रवेशीहरुको भनाई छ । दुल्लुखबरबाट

प्रतिकृया दिनुहोस्
Ad
Ad