आज : २०७५ कार्तिक ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नन्दकली विकको पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा,शल्यक्रिया हुन सकेन

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१/२१ गते
Ad
दैलेखको ठाँटीकाँध गाउँपालिका–१ कोशेरीकी नन्दकली विक (चाकुरी)का पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा रहेका छन् ।    दैलेखको ठाँटीकाधमा जाँच गराउँदा डाक्टरले पेटमा रहेका बच्चाको मृत्यु भएको बताएपछि विक अस्पतालमै उपचारका लागि भर्ना भएकी छन् ।
 वैशाख १७ गते दैलेखमै जाँच गराएर १८ गते चाकुरी र उनका श्रीमान् हरि विक क्षेत्रीय अस्पताल सुर्खेतमा आएका हुन् ।    सुर्खेतको विरेन्द्रनगरमा १९ गते पुनः भिडियो एक्सरे गर्दा दुईवटै बच्चा मृत भएको जानकारी अस्पतालका डाक्टरले दिएको विकका श्रीमान् हरिले बताए ।  
अस्पतालले औषधि किनेर ल्याउनुस्, मृत बच्चा निकाल्नुपर्छ भनेको र अहिलेसम्म पनि चाकुरीको शल्यक्रिया हुन नसकेको उनले बताए ।
 अस्पतालले भने अवस्था हेरेर शल्यक्रिया गरिने बताएको छ ।
प्रतिकृया दिनुहोस्
Ad
Ad