Hamro Sanchar

Ad

त्रियुगा सांगीतिक धमाकाको तयारी पुरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/७ गते
Ad

दिल कुमार श्रेष्ठ, दोहा । त्रियुगा नगर प्रबासी युवा समूह, कतारले आफ्नो सांगीतिक धमाकाको तयारी पुरा गरेको छ । सांगितिक कार्यक्रमबाट हुने आम्दानीले उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका गरीब, अनाथ तथा सुस्त मनस्थिती बालबालिकाहरुको आर्थिक सहयोग गर्ने भएको छ ।
आउँदो २३ फेव्रअरी २०१८ मा हुने उक्त सांगितिक धमाकामा सागर आले सहित त्रियुगा नगरपालिकाका स्थानीय कलाकारहरुको गायक फिरोज बस्नेत, डान्सरहरु एमजे मिथुन, रेखा राई र सबिता हुनेछन् । साथै कतारबाट कलाकारद्वय गायक देवराज न्यौपाने, लोक गायक रित कुमार श्रेष्ठको पनि प्रस्तुति रहने छ ।
दोहाको अल अहली स्पोर्टस क्लब नजिकै अबस्थित रेजेन्सी हलमा हुने सांगितिक कार्यक्रममा नेपाल आईडलको चौथो फाइनलिस्ट तथा चर्चित गायक सागर आलेको बिशेष प्रस्तुति रहने छ ।
विभिन्न प्रचारका सामाग्रीहरु पम्पलेट पोस्टर सहित समाजले कतारका विभिन्न सामाजिक संघसस्थाहरु, बुद्दिजीवी, समाजसेवी लगाएत ब्यवासी तथा पत्रकारहरुसंग भेटघाट गर्दै सहयोगको लागी सरसल्लाह गरेको थियो ।


प्रतिकृया दिनुहोस्
Ad
Ad