Hamro Sanchar

कतारमा माझीहरुको कोशी (लदि) पर्व मनाईदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/७ गते

दिल कुमार श्रेष्ठ । माझी समुदायहरुको महान पर्व कोशी (लदि) पुजा पर्व सधै झैँ कतारमा यसपाली पनि मनाउने भएका छन् । पर्वलाई २ मार्च २०१८ का दिन बिहानको ९ बजे देखि वक्राको चिल्ड्रेन गार्डेनको सामुन्द्रिक किनारमा मनाउने गरि तयारी समेत समाजले पुरा गरिसकेको छ।

हरेक बर्ष फाल्गुन महिनाको तेश्रो मंगलबार माउने यो पर्वलाई माझी समुदायले एउटा स्थानमा सामुहिक रुपमा मनाउने गर्द्छन् । दिन प्रतिदिन प्रवासीने नेपालीहरुको संख्या बढ्दै जाँदा कतारमा माझी समुदायका दाजुभाई तथा दिदीबहिनीहरुको संख्यामा पनि वृद्धि भएको छ । बाहुल्यता बढ्दै जाँदा परम्परालाई पनि आफ्नै ढंग र परम्परामा मनाउने सिलसिला माझी सेवा समाजले कतारमा सन् २०१३ देखि सुरु गरेको हो ।
प्रवासमा रहदा आइ पर्ने दुख पिडा र समस्याहरुलाई समाधानको लागी माझी सेवा समाज कतारको स्थापना गरिएको छ । यसरी जुटिरहेका माझी समुदायले कतारमा आफ्नो सस्कृति परम्परा र पर्वहरुको जगेर्ना गर्दै प्रवासमा पनि मनाउने अहिलेको प्रचलनलाई अगालेको छ ।
सामाजिक गतिविधिहरुमा समाजका रहेर हातेमालो गरि हिड्ने सम्पूर्ण सामजिक संघ्सस्थाहरुलाई निमन्त्रणा गरि सकिएको बताउदै समाजले निमन्त्रणा नपुगेका सम्पूर्ण सहकर्मी संघसस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई पनि यसै समाचारलाई आधार बनाउदै उपस्थितिको लागी हार्दिक अनुरोध समेत गरेको छ ।


प्रतिकृया दिनुहोस्