Hamro Sanchar

Ad

मोनाको बार्षिकोत्सवको तयारी तिब्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/७ गते
Ad

दोहा l मोना कतारले १५औ वार्षिकोत्सव विविधि साँस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोना कतारले म्याग्दी जिल्लामा जन्मिएर सांगितिक क्षेत्रमा स्थापित भएका म्याग्देली कलाकारको उपस्थितीमा मनाउन लागेको हो । कार्यक्रमका लागि नेपाल देखि लोकप्रिय गायिका लाली बुढाथोकी, यूवा गायक अमित विश्वकर्मा, हाँस्यब्यङ्ग एवम् दोहोरी गायक रवी कार्की र चर्चित डान्सर रविना भण्डारी कतार आउने भएका छन् ।

कार्यक्रमको मिति तय भएसँगै वार्षिकोत्सवको तयारीलाई तिब्र पारिएको मोना कतारका अध्यक्ष रमेश पौडेलले जानकारी दिए । अध्यक्ष पौडेल भन्छन ‘उत्सवले म्याग्देली बीचको सम्बन्ध थप बलियो बनाउने र कतारमा रहेका म्याग्देलीहरुको सहभागिता रहनेछ । विगतमा समेत नेपाली कलारकारको उपस्थितिमा कार्यक्रम गरिएको बताउँदै म्याग्देली बीचको एकता र सहकार्य, समस्या आदान प्रदान गर्न सजिलो हुने बताए । प्रबासी म्याग्देली दृष्टि सम्बृद्ध म्याग्दीको सृष्टिको भन्ने मूल नाराका साथ सन् २००३ को मार्चमा प्रेम रसाइलीको अध्यक्षयतामा स्थापित संस्थाले मार्च महिनालाई उत्सवको रुपमा मनाउदै आइरहेको छ ।

कतार स्थित नज्माको सालिमार प्यालेस रेस्टुरेन्टको सभा हलमा आयोजना गरिएको कार्यक्रममा लोकप्रिय गायिका लाली बुढाथोकी, यूवा गायक अमित विश्वकर्मा, हाँस्यब्यङ्ग एवम् दोहोरी गायक रवी कार्की र चर्चित डान्सर रविना भण्डारी सहितका कलाकारहरुको प्रस्तुती रहने कार्यक्रम सयोजक तिलु शर्मा पौडेलले  जानकारी दिए । उनका अनुसार कतारमा स्थापित आधा दर्जन भन्दा बढी कलाकारहरुको प्रस्तुती सँगै प्रत्यक्ष दोहोरी समेत सञ्चालन हुने बताए ।

वार्षिक उत्सवका अवसरमा पौडेलको संयोजकत्वमा मिन कार्की, थम कुमार गिरी, गोकुल विक, लिला चोखाल, रेशम परियार, धन बहादुर बरुवाल रहेको एक समिति समेत गठन गरिएको छ । मोना कतार मुल समिति रहेको कार्यक्रमको मोना कतारकै खेलकुद विभाग र सांस्कृतिक विभाग सहआयोजक रहेको छ ।


थप जानकारीका लागि कार्यक्रमको प्रोमो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्
Ad
Ad