Hamro Sanchar

  • Ad
Ad

प्रबासी नेपाली मंच साउदी,पुर्बी क्षेत्रिय समितिले बनभोज आयोजना गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/२ गते
Ad

नेकपा एमाले सम्बद्ध प्रबासी नेपाली मंच,पुर्बी क्षेत्रिय समिति ले बनभोज कार्यक्रम आयोजना गर्ने भएको छ ।नेपाली दुताबासको  प्रमुख आतिथ्यतामा हुने बनभोज कार्यक्रम १६ फेब्रुअरी शुक्रबारका दिन हुने छ ।कार्यक्रममा  सहभागी हुन दर्ता शुल्क सा.रि १००/- तोकिएको छ।

दमाम डल्लाह स्थित तामिमि मार्केट पछाडी अवस्थित ईस्ताराको सभा हलमा हुने बनभोज कार्यक्रममा मंचका सदस्यहरु,आमन्त्रित अतिथिहरु लगायतका को उपस्थिति रहने जनाईएको छ । मंचका क्षेत्रिय अध्यक्ष कमल खरेल ले दिएको जानकारी अनुसार हाल उपस्थित हुनेहरुको दर्ता प्रक्रिया जारि रहेको र कार्यक्रममा पुर्बी क्षेत्रमा कार्यरत शुभचिन्तकहरु,आमन्त्रितहरु लगायत गरि १०० जना भन्दा बढीको उपस्थिति रहने अनुमान रहेको जनाएका छन।

प्रबासी नेपाली मंच,पुर्बी क्षेत्रिय समितिका अध्यक्ष कमल खरेल ले बनभोज कार्यक्रमको मूल उदेश्य आपसमा भातृत्व बढाउने र सहकार्य अभिबृद्धि गर्ने रहेको जनाएका छन।

एनए मिडिया का प्रधान सम्पादक श्री कृष्ण श्रेष्ठ संग टेलिफोन सम्पर्क गरि कार्यक्रम बाट हुने आम्दानी  नेपाली दुताबासको सेल्टरमा रहेका या आईपुग्ने पिडित महिलाहरुको उद्दार एबम नेपाल फिर्तिको लागि हवाई टिकट सहयोग गर्ने निर्णय संस्थाको साइबर बैठक द्वारा भएको खरेल ले जानकारी दिएका छन।

कति जना महिलाको उद्दारमा सहयोग गर्नु हुन्छ भन्ने प्रश्नमा खरेल ले सके सम्म बढी महिलाहरुको सहयोग गर्ने मंचको उदेश्य रहेको जनाउदै एकिन विवरण दिन हाल असमर्थ रहेको जनाए यधपी कम्तिमा ५ वटा टिकट दिने लक्ष्य रहेको खरेल ले जनाए । सम्भब भए सम्म सहयोग कार्यक्रम स्थलमा नै हस्तान्तरण गरिने योजना रहेको उनले जनाए।

प्रबासी नेपाली मंच पुर्बी क्षेत्र सल्लाहकार राम कृष्ण घिमिरे ले बनभोज कार्यक्रममा स्थानीय कलाकारहरु को बेजोड प्रस्तुति सहित सांस्कृतिक कार्यक्रम साथै हाजिरी जवाफ प्रतियोगिता,म्युजिकल चेयर खेल एबम लक्की ड्र मा आकर्षक पुरस्कारहरु प्रदान गरिने योजना रहेको जानकारी दिएका छन।  बिजेताहरु लाई कार्यक्रम स्थलमा नै प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने समेत घिमिरे ले जानकारी दिए।

कार्यक्रममा सहभागी हुन् निम्नानुसार व्यक्तिहरु लाई सम्पर्क गर्न समेत मंच ले आग्रह गरेको छ,

  • कमल खरेल मोबाईल नं ०५८१३८८९८०
  • राम कृष्ण घिमिरे मोबाईल नं ०५९६३६३३६२
  • जेन कुमार लामा मोबाईल नं ०५९७८४४१३६
  • याम लामा मोबाईल नं ०५९५९०९०४४
  • देबेन्द्र सुबेदी मोबाईल नं ०५९३१६४६८७
  • ऋषि राम भट्टराई मोबाईल नं ०५५७४४२८४१
प्रतिकृया दिनुहोस्
Ad
Ad