Hamro Sanchar

  • Ad
Ad

प्याराग्लाइडिङ बाट खसेर एक ब्याक्तिको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/२ गते
Ad

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा एक ब्याक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत कर्नाटक प्रदेशका मारियता शिबराजु रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार सराङकोटबाट उडेको प्याराग्लाइडिङ बुधबार दिउँसो फेवातालमा खसेको थियो । फेवातालामा खसेका उनलाई उद्दार गरी पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

घटना के कति कारणले भएको भन्ने थाहा भइसकेको छैन । यद्यपी मौसममा आएको खराबीका कारण दुर्घटना भएको अनुमान गरिएको छ । घटनाबारे बिस्तृत विवरण आउन बाँकी छ  ।

प्रतिकृया दिनुहोस्
Ad
Ad