Hamro Sanchar

  • Ad
Ad

बैतडीमा चट्याङ लागेर पाँच सैनिक गम्भीर घाइते भए

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/२ गते
Ad

बैतडीमा चट्याङ लागेर गम्भीर घाइते भएका पाँच सैनिकलाई जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

उपचारका लागि काठमाडौं पठाइएकामा शत्रुमर्दन गुल्म बैतडीमा कार्यरत् हुद्दा अमरसिंह आलेमगर, अमलदार बलराम थापामगर, सिपाही दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बुधबार अपराह्न हेलिकोप्टरमार्फत् पठाइएका उनीहरुको काठमाडौंस्थित नेपाली सेनाको वीरेन्द्र छाउनी अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

मंगलबार साँझ ७ बजेर ५० मिनेटमा वर्षासँगै परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत् कठपतेमा तालिम गरिरहेका २२ जना सैनिक घाइते भएका थिए । बाँकी घाइते १७ सैनिकको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

सामुदायिक तालिम २०७४ अन्तर्गत्को पहिलो चरणको अभ्यासका लागि शत्रुमर्दन गुल्मका सैनिक गत पुस १६ गतेदेखि कठपतेमा तालिम गरिरहेका थिए ।

प्रतिकृया दिनुहोस्
Ad
Ad