Hamro Sanchar

  • Ad
Ad

आममाफीको १७ औं दिन सम्म २ हजार ६ सय ६९ जनाले लिए ट्राभल डकुमेन्ट, अब केहि बाँकी

प्रकाशित : २०७४/११/२ गते
Ad

कोषराज राई/कुवेत, फेब्रुअरी १४- नेपाली राजदूतावास कुवेतले आममाफीको १७ औं दिन सम्ममा २ हजार ६ सय ६९ जनाले ट्राभल डकुमेन्ट लिएको जानकारी गराएको छ । नेपाली राजदूतावास कुवेतका प्रथम सचिव भोगेन्द्र लिङदेनले उक्त जानकारी गराएका हुन् ।

प्रथम सचिव लिङदेनका अनुसार ट्राभल डकुमेन्ट लिनेहरुमा, महिला १ हजार ६ सय चार, पुरुष १ हजार २८ र बच्चा ३७ (२०M+१७F) रहेका छन् ।

२५ दिन भित्रमा कुवेत छोडी सक्नु पर्ने गरी खोलिएको आममाफीमा अब केही दिन भित्रै सम्पूर्ण डकुमेन्ट तयार नगरे आममाफीको सदुपयोग गर्नबाट बन्चित हुने निश्चित रहेको र उक्त अवसरको सदुपयोग गर्न कुवेतमा गैर कानूनी रुपमा वसोवास गरिरहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु समक्ष दुताबासले अनुरोध गरेको छ ।

अवसरको सदुपयोग नगर्नाले भविष्यमा बिभिन्न समस्याको सामना समेत गर्न पर्ने निश्चित छ । यस्ता समस्याहरुबाट बच्न यो भन्दा उत्तम मौका अरु कुन हुन सक्ला ? त्यसकारण कसैको मिठो आश्वासनको भर पर्नु भन्दा सहज रुपमा स्वदेश फर्कनुहोस् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad