Hamro Sanchar

दोलखाको एनसेल टावर ध्वस्त, कसले लगायो आगो ?

प्रकाशित : २०७४/११/१ गते

दोलखा, फागुन १ – दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर –३, चरिघ्याङमा रहेको एनसेल टावरमा आगलागी भएको छ । चरिकोट पानारोमा रिसोर्ट नजिकै रहेको एनसेल टावरमा लागेको आगोका कारण टावर कन्ट्रोल रुमका सम्पूर्ण उपकरण जलेर नष्ट भएका छन् ।

सोमबार राति १० बजेतिर एक्कासि आगलागी भएको खबर प्राप्त भएपछि ११ बजे प्रहरीको सक्रियतामा आगो निभाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । कसैले आगो लगायो वा विद्युत सर्ट भएर लाग्यो भन्ने खुल्न सकेको छैन ।

देशका विभिन्न ठाउँमा नेपाल कम्युनिष्ट पार्टीले आगो लगाएको समाचार आइरहेको छ । तर चरिकोटको टावरमा उसैले लगायो वा के भयो भन्ने चाहिँ अहिलेसम्म केही सार्वजनिक हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्