आज : २०७५ कार्तिक २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

“के गरि गई”

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/१ गते
Ad

मलाई छड्के हेरेर गई,
अाफ्नै नजरमा बेरेर गई
चोख्खो मुटु थियो मेरो,
त्यो पनि फेरेर गई…१

ऐठन मलाई पारेर गई,
जिउदै मलाई मारेर गई
निर्जिब बनेको मुटु थियो
जिउने अाषा केही सारेर गई…२

उमंग मेरा केही छोपेर गई,
छातीको बिच्चैमा छुरा घोपेर गई
बाँच्ने तृण अाषा थ्यो,
यसैमा जहर डोबेर गई…३

हाँस्न केही सिकाई गई,
हानेको थे किल्ला मुटुमाझ
त्यो पनि झिकाई गई,
छोपेको थे संसार नजरमा
त्यो पनि देखाई गई…४

थिए बाग रित्ता मेरा,
जम्मै फुल फुलाई गई
थिए रहर पलाएका मन्मा,
जम्मै ती सुकाई गई…५

माया गरि कि घृणा गरि
दोधार पारेर गई,
केही पल ज्यूने रहर दिई
अन्त्यमा पासोमा पारेर गई…६

तपिकुमार सिँह ठकुरी
सुर्खेत सिम्ता -४ पिल्क
हाल : गुजरात, भारत

हाम्रो संचार | हाम्रो संचार मिडिया प्रा.लि.
थप समाचारको लागि हाम्रो वेबसाईट
http://HamroSanchar.com

प्रतिकृया दिनुहोस्
Ad
Ad