Hamro Sanchar

Ad

दलहरुले बुझाएको समानुपातिक सूची निर्वाचन आयोगद्धारा अस्वीकार

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/११/१ गते
Ad

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राजपा नेपालले प्रतिनिधिसभाको समानुपातिक सदस्यका लागि बुझाएको सूची निर्वाचन आयोगले अस्वीकार गरेको छ । सूची अस्वीकार गर्दै आयोगले दुई दिनभित्र सच्याएर बुझाउन दलहरुलाई समय दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार साँझ बसेको बैठकले कांग्रेस, माओवादी र राजपाले बुझाएको सूची अस्वीकार गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार, समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट नभएकाले अस्वीकार गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले तीन दललाई फागुन २ गते पाँचबजेभित्र नामावली सच्याएर पेश गर्न भनेको छ ।

पार्टीले बुझाएको नामावालीबारे तीनै पार्टीमा नेतृत्वको आलोचना भइरहेको बेला निर्वाचन आयोगले पनि नामावाली अस्वीकार गरेको हो । नेकपा एमाले र संघीय समाजवादी फोरम नेपालले बुझाएको सूचीमा भने समस्या नरहेको भन्दै आयोगले स्वीकार गरेको छ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad