Hamro Sanchar

  • Ad
Ad

म कहाँ छु ~ कविता

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२९ गते
Ad

जीवनका पानाहरुमा
कोरिएका छन
अव्यक्त वेदनाका धर्साहरु !
कसरी मानूँ म
यो मेरो जीवन हो ?
जबकि आफ्नोपनको
कहीं कतै आभाष पनि छैन
यो देह त
आफ्नै यात्रा हिंडिरहेछ ।
असमन्जसताको तुवाँलो छाएको
यो समयमा
खोज्दैछु
म कहाँ छु !!!

हरि बनिया
धादिङ
हाल : कुवेत

प्रतिकृया दिनुहोस्
Ad
Ad