Hamro Sanchar

  • Ad
Ad

आइसीसी डिभिजन टूः नेपालले पायो १ सय ७८ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२९ गते
Ad

आइसीसी डिभिजन टू मा केन्याले नेपाललाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो । केन्यालाई रनमा समेटने क्रममा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए ।

वसन्त रेग्मि, सोमपाल कामी र शरद भेषवाकरले एक एक विकेट लिए । केन्याका लागि ओपनर इरफान करीमले सर्वाधिक ४२ रन बनाए ।

एलेक्स ओबान्डाले ४१, कोलिन्स ओबुयाले २७, धिरेन गान्दरियाले ४, आर आर पटेल १, आर एन पटेल शून्य, गुरदिप सिंहले २, एनएन एदियाम्बोले ७ रन बनाए । नटआउट रहेका एनएम एदियाम्बोले २४ र सेम नोगोचिले २३ रन बनाए ।

प्रतिकृया दिनुहोस्
Ad
Ad