Hamro Sanchar

  • Ad
Ad

अम्बिका गुरुङको ‘ओ मेरी भ्यालेन्टाइन’ गीत बजारमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२९ गते
Ad

भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेमजोडीहरुका लागि निकै महत्वपूर्ण दिन हो । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएका हरुका लागि पनि प्रणय दिवसलाई निकै उत्तम साइतको रुपमा लिइन्छ ।

पश्चिमा देशहरुबाट शुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकैँ झाँगिएको पाइन्छ । भ्यालेन्टाइन डे आफैमा एक रोमान्टिक दिन हो र यो प्रेममय दिन हो ।

यहि सप्ताह चलिरहेको बेला अम्बिका गुरुङले नेपाली युवा पिढीलाई टार्गेट गरेर ‘ओ मेरी भ्यालेन्टाइन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गुरुङको शब्दमा रहेको उक्त गीतमा सनुप पौडेल र सुवेक्षा कोइरालाको आवाजमा रहेको छ भने संगीत प्रकाश लेप्चाले भरेका हुन ।समन अधिकारीको निर्देशनमा बनाइएको भिडियोमा छायाङ्कन दीपेन्द्र, भुपेन्द्र र सरोजले गरेका हुन । भने सम्पादन सुप्रिम पराजुलीको रहेको छ । भिडियोमा नरेन र सुप्रियाको रोमान्स देख्न सकिनेछ ।

प्रतिकृया दिनुहोस्
Ad
Ad