Hamro Sanchar

  • Ad
Ad

बिरामी बालिका अनिषालाई कतार र ओमनवाट आर्थिक सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२९ गते
Ad

हरि बानिया/कुवेत – पाख्रीवास नगरपालिका वडा नं.७ मुगाकी मुटु रोगी वर्ष ९ कि अनिषा वराईलीलाई प्रवासवाट पठाइएको आर्थिक सहयोग रकम सोमवार हस्तान्तरण गरिएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.५ घर भै कतारमा कार्यरत दुर्गा कुँवर, रामेछाप घर भएका ओमनमा कार्यरत अर्जुन कार्की र वन्दीपुर सिराह घर भएका हेम रोक्काको विशेष पहलमा सहयोग प्राप्त रकम ३६ हजार, १ सय ८३ रुपयाँ सोमवार हस्तान्तरण गरिएको हो ।

सहयोग प्राप्त रकम नागरिक समाज धनकुटाका अध्यक्ष सुन्दरबावु श्रेष्ठले मुटु रोगी वालिका वर्ष ९ कि अनिषा वराईली र निजकी आमा फूलमाया वराइली र वुवा च्रन्द्र वहादुर विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा जिल्ला समन्वय समिति धनकुटा सदस्य आयुस्मा गहतराज, कान्तिपुर सम्वादाता रमेश चन्द्र अधिकारी, ब्लाष्टकर्मी सन्तवीर लामा र धनकुटा खवर डट कम धनकुटा प्रतिनिधि नारायण आठपहरियाको रोहवरमा सो रकम हस्तान्तरण गरिएको हो ।

वालिकाका वुवा चन्द्र वहादुर विश्वकर्माका अनुसार यो भन्दा पहिले वालिकालाई उपचार गराउँदा ७५ हजार रुपयाँ विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खर्च भै सकेको र अव थप उपचारको लागी ३ लाख रुपयाँ लाग्ने अस्पतालले जनाएको वताएका छन् ।

उनले आफ्नो आर्थिक अवस्था कम्जोर भएको कारण छोरीको मुटुको अप्रेसन गर्न नसकिएको वताएका छन् । उनका अनुसार छोरीको मुटुमा २ वटा प्वाल रहेको र अपरेशन नगरी जाती नहुने डक्टरले जानकारी दिएको वताए । उनले तिन लाख रुपयाँ जुटाउन सके छोरीलाई जाति पर्ने वताउँछन् ।

प्रतिकृया दिनुहोस्
Ad
Ad