Hamro Sanchar

Ad

मुटुरोगी बालिकालाई ओमानबाट आर्थिक सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७४/१०/२९ गते
Ad

मस्कट, ओमान । धनकुटा जिल्ला पार्खीबास नगरपालिका –८ निवासी मुटुरोगी बालिकालाई ओमानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । ८ वर्षिय मुटुरोगी बालिका अनिसा बरालीलाई ओमानबाट ३६ हजार १ सय ८३ नेपाली रुपैयाँ सहयोग पठाईएको हो ।

अनिसाको उपचारमा टेवा पुगोस् भन्ने उद्धेश्यका साथ रिनाईसेन्स क्याटरिङ्ग कम्पनी ओमानमा कार्यरत रामेछाप घर भएका अर्जुन कार्की र बन्दीपुर सिराहाका हेम रोका क्षेत्रीको पहलमा उक्त सहयोग रकम संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्
Ad
Ad